संगालोखबर
फाइल तस्बिर

विराटनगर । जोगबनी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशी नागरिकलाई आज फिर्ता पठाइएको छ। प्रहरीका अनुसार भारतको जोगबनीबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिक ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई भारततिरै फर्काइएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अनधिकृतरूपमा नेपाल प्रवेश गर्न खोज्दै गर्दा उनीहरुलाई फेला पारी फर्काइएको हो । बंगलादेशमा तनावको अवस्था रहेकाले त्यहाँका नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई ध्यान दिंदै सीमा क्षेत्रमा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!