संगालोखबर

काठमाडौँ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । उनी गएराति भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरूले उनलाई पाटन अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

Advertisement

तिमिल्सिनाको शव आज  बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने बताइएको छ।

तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए । भैँसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायत गीत लोकप्रिय छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!