संगालोखबर

विराटनगर । मिस्टर नेपाल–२०२४ प्रतिस्पर्धामा विराटनगरबाट तीनजना युवकले सहभागिता जनाएका छन् । उनीहरू सहित मोरङबाट चार जनाले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।

Advertisement

विराटगरका सागर घिमिरे, पिन्टु सान्याल, सोहज खान तथा पथरीका प्रकाश चौहानले प्रतिस्पर्धा गरिरहेका छन् । सुनसरीबाट अग्रज श्रेष्ठ तथा आदेश प्रधान (धरान) ले यो प्रतियोगितामा भाग लिएका छन् । यस्तै, झापाबाट मणि निरौला र सन्तोष लकसमले मिस्टर नेपालमा भाग लिएका छन् । 

सहभागी ३८ जना प्रतियोगीहरूलाई प्रशिक्षण दिन थालिएको छ । देशका विभिन्न शहरहरूमा आयोजना गरिएको अडिसनबाट अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएकाहरूलाई प्रशिक्षण दिन थालिएको हो । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि आयोजना हुँदै आएको छ ।

प्रशिक्षणका क्रममा प्रतिस्पर्धीहरूले स्विमिङ, फुटबल, रक क्लाइम्बिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जनभन्दा बढी विषयको प्रशिक्षण लिने आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिस्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउने छन् ।

यसपटकको मिस्टर नेपालमा काठमाडौँ उपत्यकाबाट सबैभन्दा बढी काठमाडौँ १० युवाले प्रतिस्पर्धा गरिरहेका छन् । काठमाडौंबाट विशेष खड्गी, पीयूष श्रेष्ठ, नवराज प्रसाईँ, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम् पाठ तथा सक्कर बजिमयले भाग लिएका छन् । भक्तपुरका योगेश श्रेष्ठले भाग लिएका छन् भने ललितपुरका सयन्तराज घिमिरे तथा सिजल कपाली प्रतिस्पर्धी छन् ।

प्रतियोगितामा सप्तरी (राजविराज) का सुशान्तकुमार दास, जनकपुरका सञ्जय मण्डल र राजेश झा, हेटौंडाका आयुष बमजोम तथा उमङ्ग आचार्यले प्रतिस्पर्धा गरिरहेका छन् । 

यस्तै, चितवनका विपन श्रेष्ठ, पोखराबाट अशोक बिक, सुशान्त पौडेल र समीर तिमिल्सिना, लमजुङबाट मनोज गुरुङ, रसुवाबाट सरोज तामाङ मोक्तान, बुटवलका आविष्कार खड्का, दाङका स्वस्तिक देवकोटा, नेपालगञ्जबाट सत्यनारायण चौधरी, शुभम् बर्नवाल, अनिकेत प्रजापति तथा विश्व बराइली, कैलालीबाट राहुल रावल तथा धनगढीबाट दिपेश चौधरीले प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!