संगालोखबर
फाइल तस्बिर

विराटनगर । विराटनगर विमानस्थलबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजमा अभिभावकसँग उपचारका लागि गइरहेका बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी ताराकिरण राईका पाँच वर्षीय छोरा संयोग हाङको मृत्यु भएको हो ।

विराटनगरबाट ५७ जना यात्रु लिएर आज दिउँसो करिब साढे १२ बजेतिर काठमाडौंका लागि उडेको जहाजमा केही बेरपछि बालकलाई श्वासप्रश्वासमा समस्या भएको थियो । यसबारे कर्मचारीले जानकारी पाएपछि जहाज विराटनगर नै फर्काइएको थियो ।

Advertisement

बुद्ध एयरको विराटनगर कार्यालयका एक कर्मचारीका अनुसार फर्किएको जहाज करिब १ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो । बालक र अभिभावकलाई विराटनगरमा ओरालेर जहाज पुनः काठमाडौँ उडेको थियो । त्यसपछि बालकलाई तत्काल अस्पताल पठाइएको ती कर्मचारीले संगालोखबरलाई जानकारी दिए ।

अवतरणलगत्तै बालकलाई उपचारका लागि विराट अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकले बालकको मृत्यु भइसकेको जानकारी दिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!