संगालोखबर
फाइल तस्बिर

विराटनगर । विराटनगर नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने एकजना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले भारततिरै फिर्ता पठाएको छ । आज अपराह्‍न रानी भन्सारको एक नम्बर ढाटमा अध्यागमन जाँच गरी नेपाल आउन खोजेका बङ्गलादेशी नागरिक ४६ वर्षीय उत्तम सर्कारलाई प्रहरीले फिर्ता पठाएको हो ।

प्रहरीले बङ्गलादेशी नागरिक पहिचान गरी फिर्ता गर्न आफ्ना सबै निकायलाई निर्देशनसमेत दिएको छ । यसैबीच, झापाको काँकडभिट्टा अध्यागमन कार्यालयले अगस्ट १ देखि अगस्ट आजसम्म चारजना बङ्गलादेशी नागरिक नेपाल भित्रिएको जनाएको छ ।

Advertisement

कोरोना कालदेखि तेस्रो देशका नागरिकलाई स्थल मार्ग हुँदै नेपाल प्रवेश बन्द गरिएकोमा अगस्ट १ देखि राहदानी वाहकलाई प्रवेश खुला गरिएको अध्यागमन कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!