संगालोखबर

काठमाडौँ । काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् ।

Advertisement

त्यसअघि पहिलो सेमिफाइनलमा दिउँसो ३ बजे भारत र श्रीलङ्का बीच खेल हुनेछ । नेपालले हिजो माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो । लिग चरणमा भारतलाई हराएर ऐतिहासिक उपलब्धि बनाउन सफल नेपालको महिला भलिबल टोली अघिल्लो खेलमा इरानसँग भने पराजित भएको थियो । ४ खेलमा ९ अङ्कसहित नेपाल लिगमा दोस्रो भएको हो ।

इरान तेस्रो स्थानमा छ । पाँच टोली सहभागी प्रतियोगिताको अङ्क तालिकामा भारत शीर्ष र श्रीलङ्का चौथो हुँदा माल्दिभ्स बाहिरिएको छ । हिजो भएको खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको हो । आज हुने सेमिफाइनल खेलका विजेता टोलीले उपाधिका लागि भोलि बेलुका खेल्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!