संगालोखबर

विराटनगर । खुट्टाले लेखेर एसईईमा उत्कृष्ट नतिजा ल्याउने गुल्मीका एक विद्यार्थीलाई सङ्घीय सांसद सुनील शर्माले ल्यापटप कम्प्युटर उपहार दिएका छन् । छत्रकोट गाउँपालिका–४ का १९ वर्षीय ऋषिराम कँडेललाई शर्माले ल्यापटप दिएका हुन् । 

Advertisement

खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए ल्याएका उनलाई ल्यापटप आवश्यक भएको कुरा सोही क्षेत्रका सांसद चन्द्र भण्डारीले जानकारी गराएका थिए । त्यसपछि शर्माले भण्डारी मार्फत ल्यापटप हस्तान्तरण गरेका हुन् ।

कँडेलले जनता माध्यमिक विद्यालयबाट एसईई दिएका दिए । सांसद भण्डारीले उनको विषयमा संसदमा पनि कुरा उठाएको उल्लेख गर्दै राज्यले यस्ता व्यक्तिलाई जिम्मा लिनुपर्ने बताए ।

भण्डारीले भने, ‘उनले विज्ञान विषय पढ्ने चाहना राखेका रहेछन् । ल्यापटपको पनि आवश्यकता भएको थाहा पाएँ । सुनीलजीलाई यस विषयमा कुरा राखें । उहाँले दिनुभयो ।’ शर्माले ल्यापटप दिएर पुण्यको काम गरेको उनको भनाइ छ ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चन्द्र भण्डारीले ल्यापटप आवश्यक भएको कुरा राख्नुभयो । ऋषिरामका लागि एउटा ल्यापटपको व्यवस्था गरी भण्डारीज्यूलाई हस्तान्तरण गरेको छु । ऋषिरामलाई आगामी अध्ययन कार्यमा सफलताको शुभकामना ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!