संगालोखबर

विराटनगर । ऐतिहासिक विषयवस्तुमा आधारित फिल्म ‘नालापानी’ साउन २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि पनि प्रदर्शन भइसकेको फिल्म पुनः प्रदर्शन हुने भएको हो । 

Advertisement

फिल्मका लेखक तथा निर्देशक रिमेश अधिकारीले यसअघि प्रदर्शनको मिति साउन १८ तोकिएको भएपनि विद्यार्थीलाई लक्षित गरी २५ गतेदेखि देशव्यापी प्रदर्शन गर्न लागेको जानकारी दिए ।

फिल्मको नयाँ ट्रेलर पनि सार्वजनिक गरिसकिएको अधिकारीले जानकारी दिए । ‘नालापानी फिल्म सम्पूर्ण नेपालीको वीरताको गाथा र गर्व गर्ने इतिहास बोकेको फिल्म हो ।

‘फिल्मले नेपाली वीरहरूको बहादुरीबारे बोल्ने छ’, अधिकारीले भने, ‘देश प्रेम बढाउने पुर्खाको योगदान र बलिदान बुझाउने छ । लामो समय र ठूलो लगानी खर्चिएको यो फिल्म बनाउनुको एउटै उद्देश्य इतिहास दस्तावेजीकरण गरेर भावी पुस्तालाई जान्न बुझ्न सजिलो बनाइदिने छ ।’

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रालि, वीर गोर्खाली फिल्मस्, गङ्गानारायण फिल्मसबिजिबी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता गणेश कार्की हुन् भने कार्यकारी निर्माता घनेन्द्र थपलिया, सहनिर्माता सपन थापा र निर्माता मनोज शाक्य हुन् ।

फिल्ममा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, अच्युत गजुरेल, हिक्मत थपलिया, जनक बर्ताैला, सरिता राजोपाध्याय, गीत बिष्ट, साहिना भट्टराई, गीता अधिकारी, सुवास गजुरेल, सुवर्ण थापालगायत कलाकारहरूको अभिनय छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!