संगालोखबर

विराटनगर । शास्त्रीय संगीतमा देश, विदेशमा ख्याति कमाएका सङ्गीतकार एवं गायक गुरूदेव कामतको निधन भएको छ । आज बिहान ६ बजे जन्मथलो सिरहाको लक्ष्मणपुर पतारी गाउँपालिका–२ पोखरभिण्डामा उनको निधन भएको हो ।

Advertisement

६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । काठमाडौँ बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए ।

शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत चार दशकयता काठमाडौँमा रहेर नेपाली गीत, सङ्गीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!