संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्या भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहारपछि गम्भीर घाइते भएका दाहाललाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएका उनको गएराति मृत्यु भएको हो ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार स्थानीय सुवास तामाङको घरमा दाहालमाथि आक्रमण भएको थियो । यकिन हुन बाँकी भए पनि तामाङले नै दाहाललाई छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै तामाङ सम्पर्कविहीन बनेका छन् ।

उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयको टोलीले उनको खोजी गरिरहेको बस्नेतले बताए । दाहालमाथि आक्रमण गर्नुको कारण र त्यसमा को को संलग्न थिए भन्ने खुलिसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!