संगालोखबर

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माले स्वास्थ्यसहित विभिन्न क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले उनलाई सम्मान गरेको हो ।

Advertisement

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई र सम्पर्क समितिका निवर्तमान कोषाध्यक्ष राजेश्वरवहादुर श्रेष्ठले सांसद शर्मालाई खादा, माला र टोपीसहित सम्मान पत्र प्रदान गरी सम्मानित गरेका छन् ।

सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्मान ग्रहणका लागि आउँन नसकेका सांसद शर्मालाई उनकै सचिवालयमा गएर सम्मान गरिएको हो ।

धनकुटाको तत्कालीन चुङवाङ गाविस वडा नं. ४ पुर्ख्यौली घर भएका सांसद शर्माको परिवार बसाइ सरेर मोरङको बेलबारी झरेको छ । उनी मोरङको क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका सांसद शर्मा सामाजिक सेवामा पनि सक्रिय छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!