संगालोखबर

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय  विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

Advertisement

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० गते गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित उनलाई बिगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । विशेष अदालतले जोशीलाई डेढ वर्ष कैद हुने फैसला पनि गरेको थियो ।

न्यायाधीशद्वय शर्मा र ढकालको इजलासले सजायमा केही फेरबदल गर्दै ६९ लाख १५ हजार रुपैयाँ जरिवाना र ९ महिना कैद सजाय सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेषको फैसलाविरुद्ध जोशीले फागुन २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!