संगालोखबर

विराटनगर । कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालय (पूविवि) मा विशेष आवश्यकता शिक्षा अध्ययनरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ ।

Advertisement

लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोअपरेसन चाङवन युनिभर्सिटी दक्षिण कोरियाका निर्देशक प्राध्यापक दा योङ जङ र पूर्वाञ्चल विश्वविद्यालय शिक्षा सङ्कायका डीन प्रा. डा. अनिल पोखरेलबीच विराटनगरमा छात्रवृत्ति सम्बन्धमा हस्ताक्षर भएको हो ।

कोरियन विश्वविद्यालयले यसअघि वार्षिक तीन सय अमेरिकी डलर छात्रवृत्ति दिँदै आएकोमा १० गुणा बढाएर तीन हजार डलर पुर्याएको हो । प्राध्यापक जङले विशेष आवश्यकता शिक्षाका विद्यार्थी तथा प्राध्यापकहरूसँग अन्तरक्रिया पनि गरेका थिए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाको निमन्त्रणा स्वीकार गर्दै प्राध्यापक जङले पूर्वाञ्चल विश्वविद्यालयका आङ्गिक क्याम्पस र केन्द्रीय कार्यालयको अवलोकन भ्रमण गरेका थिए ।

विशेष आवश्यकता शिक्षाको स्नातक तहको अध्यापन पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा हुँदै आएको छ । विद्यार्थी र प्राध्यापक आदान प्रदान कार्यक्रम अन्तर्गत विशेष आवश्यकता शिक्षामा अध्ययनरत तीनजना विद्यार्थी र एक जना प्राध्यापक केही सातापछि कोरिया जाने जनाइएको छ । विद्यार्थी तथा प्राध्यापक आदान प्रदान कार्यक्रममा कोरिया जाने प्रक्रिया शुरु भइसकेको क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!