काठमाडौँ । फ्रान्सको पेरिसमा आयोजना हुने पाराओलम्पिकमा नेपालका पलेसा गोवर्धन र भरतसिंह महतले प्रतिस्पर्धा गर्ने भएका छन् । सिंहले अगस्ट २९ मा के–४४, पुरुष ५८ केजीमुनि तौल समूह तथा पलेसाले अगस्ट ३० मा के–४४, महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
पाराओलम्पिकमा सहभागिता जनाउने खेलाडी र प्रशिक्षकलाई बिदाइ गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले उनीहरूलाई बिदाइ गरेका हुन् । नेपाली टोलीको प्रशिक्षकमा नेगी लामा तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ समावेश छन् ।
पेरिस पाराओलम्पिकमा सहभागी हुनअघि नेपाली टोलीले बेलायतको म्यानचेस्टरमा विशेष प्रशिक्षण गर्ने नेपाल तेक्वान्दो सङ्घले जनाएको छ । प्रशिक्षणपछि नेपाली पारा तेक्वान्दो टोली फ्रान्स जानेछ ।