
इलाम । प्रतिनिधिसभाका युवा सांसद सुहाङ नेम्बाङ संसदको बैठक नभएको मौकामा आफ्नो क्षेत्र इलाम–२ को भ्रमणमा छन् ।
आफ्नो क्षेत्रमा भएका विकास निर्माणका काम अवलोकन गर्नुका साथै स्थानीय बासिन्दासँग छलफलमा पनि उनी सक्रिय भएका छन् ।
यसै क्रममा उनले आफ्नो क्षेत्र घुम्दा गरेको अनुभव पनि सार्वजनिक गरिरहेका छन् । विकास, निर्माणको काम सोचेजस्तो हुन नसकेको ठानेका उनले आज सामाजिक सञ्जालमार्फत् प्रश्न गरेका छन्– हाम्रो विकास, समृद्धिको बाधक के हो ? को हो ?
प्रस्तुत छ, सुहाङको धारणा जस्ताको तस्तै-
















