संगालोखबर


विराटनगर । भुटानको थिम्पुमा आज सुरु भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालले पहिलो दिन नै आठवटा स्वर्णपदक जितेको छ ।

सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला –२१ वर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण पदक दिलाए ।

Advertisement

एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतलाई पराजित गरिन् भने स्वनिमले सेमिफाइनलमा श्रीलंका र फाइनलमा भारतलाई पराजित गरेका थिए ।

त्यसैगरी, सन्जुले फाइनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरी नेपाललाई स्वर्ण पदक दिलाए । जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे र जुनियर तर्फकै महिला एकल कातामा फाइनलमा श्रीलंकासँग पराजित भएर नेपालकी रेनिशा रिमालले रजत पदकमा चित्त बुझाए ।

सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पारेको नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्रबहादुर खपाङगीले जानकारी दिए।

भुटानसहित नेपाल, भारत र श्रीलंका सहभागी रहेको उक्त प्रतियोगिताको उदघाटन समारोहमा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ, उपाध्यक्ष मजिन्द्र सिंह, महासंघका सदस्यहरु, बरिष्ठ प्रशिक्षकहरु, टिम प्रशिक्षकहरु, पदाधिकारीलगायत सहभागी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!