संगालोखबर

विराटनगर । २११ औं भानु जयन्तीको अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले कविता प्रतियोगिता गरेको छ । कक्षा ५ देखि १२ सम्मका ३० जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा कक्षा १० की छात्रा रिजु अधिकारीको ‘वर्तमान’ शीर्षकको कविता उत्कृष्ट बनेको थियो । उनले प्रथम पुरस्कार प्राप्त गरिन् ।

यस्तै, कक्षा १२ का खिलराज ढकाल ‘मलाई गर्व लाग्छ मेरो देश’ शीर्षकको कविता वाचन गरेर द्वितीय भए भने १२ कै सुजल कोइराला ‘मैले नगरे कस्ले गर्ने’ शीर्षकको कविता वाचन गरी तृतीय भए ।

यसैगरी, कक्षा ५ की वेबिका पनेरूले ‘हाम्रा भानु’ शीर्षकको कविता वाचन गर्दै सान्त्वना पुरस्कार पाए । उनीहरुलाई क्रमशः १० हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!