संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको रतुवामाईमा खोल्साको पानीमा डुबेर आज एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रतुवामाई नगरपालिका–१० मा रहेको खोल्सीको पानीमा डुबेर सुनवर्षी नगरपालिका–९ डाइनियाँका ४५ वर्षीय बौका ऋषिदेवको मृत्यु भएको हो ।

स्थानीय बासिन्दाले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी र आफन्त गएर उनको पहिचान गरिएको थियो । शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको उल्लेख गर्दै प्रहरीले घटनाबारे अनुसन्धान भइरहेहको जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!