संगालोखबर

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सम्पन्न कोशी प्रदेश दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । विराटनगरमा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई लाई ३–२ सेटले पराजित गर्दै कोशीले उपाधि जितेको हो ।

Advertisement

पहिलो सेटमा कोशी सुदूरपश्चिमको २३ अंकविरूद्ध २५ अङ्क प्राप्त गर्न सफल भएको थियो भने दोस्रो सेटमा कोशीले २५ अङ्क प्राप्त गर्दा सुदूरपश्चिमलाई १८ अङ्कमा रोक्न सफल भयो । खेलको तेस्रो र चौथो सेटमा सुदूरपश्चिमले २६ अङ्क प्राप्त गर्दै कोशीलाई २४ अङ्कमा रोकेको थियो भने पाचौँ तथा टाइब्रेकर सेटमा सुदूरपश्चिमको १३ विरूद्ध १५ अङ्क हासिल गर्दै कोशीले उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै कोशीले ट्रफी र नगद ३ लाख प्राप्त गर्यो । उपविजेता सुदूरपश्चिमले ट्रफी र १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल मधेश प्रदेशलाई ट्रफीसहित ७५ हजार नगद र चौथो स्थामा रहन सफल बाग्मती प्रदेशलाई ५० हजार प्रदान गरियो ।

प्रतियोगिताको उत्कृष्ट स्पाइकर मधेश प्रदेशकी नेहा चौधरी, उत्कृष्ट सेटर सुदूरपश्चिमकी रेखा ठगुन्ना, उत्कृष्ट सर्भर सुदूरपश्चिमकी रितिका कडायत, उत्कृष्ट ब्लकर कोशीकी सुनिता राई भएकी थिइन् । त्यस्तै, उत्कृष्ट प्रशिक्षक कोशीका शैलेन्द्र श्रेष्ठ, उत्कृष्ट डिफेन्डर कोशीकी मोनिका श्रेष्ठ र उत्कृष्ट खेलाडी कोशीकी सुनिता खड्का बने ।

टिम तथा खेलाडीहरूलाई कोशी प्रदेशका समाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेत लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!