संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा गएराति भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

सुनवर्षी नगरपालिका–६ खिर्किडाँगीस्थित कच्ची सडक खण्डमा मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ५० वर्षीय सुरेन दासको मृत्यु मृत्यु भएको हो । उनलाई रंगेली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोशी अस्पताल रेफर गरिएको थियो । विराटनगर ल्याउने क्रममा उनको बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घटनापछि प्रहरीले खोजी गर्ने क्रममा ठक्कर दिने मोटरसाइकलको पहिचान भएको थियो । प्रहरीका अनुसार को १ प ६३४८ नम्बरको ९१२५ मोटरसाइकलले उनलाई ठक्कर दिएको खुलेको हो । त्यसका चालक सुनवर्षी नगरपालिका–६ शरणपुरका १५ वर्षीय रुपेश दासलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, रतुवामाई नगरपालिका–६ लारीकट्टास्थित हुलाकी पक्की सडक खण्डमा आमबारीबाट रंगेलीतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिंदा दुईजना गम्भीर घाइते भएका छन् ।

उक्त घटनामा मे ७ प ६७१० नम्बर मोटरसाइकलका चालक स्थानीय ५० वर्षीय मेहासु राजवंशी र साइकलयात्री ५५ वर्षीय धनेश्वर पण्डित घाइते भएका हुन् । दुवैजनाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!