संगालोखबर


विराटनगर । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी देशका विभिन्न स्थानमा गरी ७० जनाले ज्यान गुमाएका छन् । मनसुन सुरु भएयताका घटनाहरुमा ८६ जना घाइते भएको प्रहरीले जनाएको छ । पाँचजना बेपत्ता भएका छन् ।

नेपाल प्रहरीको काठमाडौंस्थित मुख्यालयका अनुसार २४ घण्टायता मात्र बाढीपहिरोका कारण ५२ जनाभन्दा बढीको मृत्यु भएको छ । निरन्तरको वर्षाले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको बाढीपहिरोले जनधनको क्षति भएको हो ।

Advertisement

शुक्रबार रातिदेखि परेको अविरल बर्षाका कारण पाँच जना बेपत्ता भएका छन् । यसैगरी, हालसम्म ३३५ पशु चौपाया मरेको प्रहरीले जनाएको छ । बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा ९ करोड ५६ लाख ७४ हजार २ सय ५० रूपैयाँ क्षति भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!