संगालोखबर


विराटनगर । विराटनगरमा युवतीहरूलाई ‘यौन धन्दा’ मा लगाउने गरिएको पाइएको छ । रोजगारीमा लगाइदिने भन्दै युवतीहरुलाई ल्याएर त्यस्तो काममा लगाउने गरिएको पाइएको हो । विभिन्न जिल्लाका युवतीहरुलाई विराटनगर ल्याएर यौन धन्दामा लगाइएको खुलेको हो ।

निगरानी गर्ने क्रममा प्रहरीले विराटनगर–११ स्थित एउटा घरको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई राखेको भेटेको थियो । त्यसरी राखिएकामा झापाका दुईजना, उदयपुर, स्याङजा, काठमाडौं र काभ्रेपलाञ्चोकका एक–एकजना युवती थिए ।

Advertisement

२१ देखि २३ वर्ष उमेका ती युवतीहरुको प्रहरीले उद्धार गरेको छ । युवतीहरुलाई लगत क्रियाकलापमा लगाउने सुनसरीको इनरुवाका ३० वर्षीय राजकुमार साह र झापाको गरामनीकी २३ वर्षीया सन्ध्या चुँडाल रहेको प्रहरीले जनाएको छ ।

तीमध्ये चुँडाललाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका साहको खोजी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका युवतीहरूलाई भने प्रहरीले महिला अधिकारवादी संस्थाको जिम्मा लगाइएको छ । अभिभावकसँग सम्पर्क गरी उनीहरुलाई घर फिर्ता गराइने भएको छ ।

आरोपीहरुले ती युवतीहरुलाई यातना दिने गरेको समेत खुलेको छ । भनेको नमान्दा कुटपिट गर्ने गरेको पीडित युवतीहरुले प्रहरीसमक्ष बताएका छन् । फरार साहको खोजी भइरहेको उल्लेख गर्दे मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!