संगालोखबर

विराटनगर । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् ।

Advertisement

कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!