संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १८ ले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ । आज वडा कार्यालयमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइरालाले जेहेन्दार विद्यार्थीहरुलाई साइकल प्रदान गरे ।

विद्यार्थीलाई विद्यालय जान–आउन सहज होस् भनेर साइकल वितरण गरिएको वडाध्यक्ष जितेन्द्रकुमार साहले बताए ।स्थानीय जनक आधारभूत र जानकी आधारभूत विद्यालयमा ६ र ७ कक्षामा अध्ययनरत १२ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!