संगालोखबर

विराटनगर । यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ २८ गते कोशी प्रदेशको पूर्वी भूभागबाट मनसुन भित्रिएको थियो । त्यसपछि क्रमशः मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश हुँदै सोमवार देशभर फैलिएको महाशाखाले जनाएको छ ।

Advertisement

यतिबेला देशभर आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस वर्षको मनसुनमा औसतभन्दा ५० प्रतिशतसम्म बढी वर्षा हुने अनुमान गरिएको छ । मनसुनको सुरुआती दिनमै कोशी प्रदेशका विभिन्न जिल्लामा यसको बढी प्रभाव देखिएको छ । ताप्लेजुङमा बाढीपहिरोमा परी ५ जनाको ज्यान गइसकेको छ । कतिपय अस्थायी पुलहरु क्षतिग्रस्त बनेका छन् । यसैगरी, संखुवासभा, सोलुखुम्बु, भोजपुर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा निरन्तर वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

तराईका झापा, मोरङ, सुनसरी प्रभावित भएका छन् । वर्षाका कारण यी जिल्लाका गाउँबस्ती डुबानमा परेका छन् । भलबाढी पसेर स्थानीय बासिन्दाले लगाएको बालीमा क्षति पुगेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!