विराटनगर । अमेरिकामा १०५ वर्षीया महिला भर्जिनिया हिस्लपले क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीबाट मास्टर्स डिग्री हासिल गरेकी छन् । उक्त युनिभर्सिटीबाट उनले शिक्षामा मास्टर्स डिग्री हासिल गरेकी हुन् ।

Advertisement

पढाई छाडेको ८३ बर्षपछि उनले यो डिग्री हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । आफूले यो डिग्रीका साथ मान्यता पाउँदा खुसी लागेको प्रतिक्रिया उनले व्यक्त गरेकी छन् ।

सन् १९४१ मा दोस्रो विश्वयुद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नताको पूर्वसन्ध्यामा उनका ‘मंगेतर’ लाई अमेरिकी सेनामा बोलाइएपछि हिस्लपले पढाइको थेसिस पूरा गर्न पाएकी थिइनन् । सन् १९३६ देखि स्ट्यानफोर्डमा पढ्न सुरु गरेकी उनले स्नातकोत्तर अध्ययनमा सुरु गर्नु अघि त्यहीँबाट स्नातक गरेकी थिइन् । आफूले कानून पढ्न चाहेको तर बुबाको इच्छाअनुसार उनले शिक्षामा डिग्री रोजेकी थिइन् ।

हिस्लपले स्नातकोत्तरको लागि पढाई पूरा गरिसकेकी थिइन् । थेसिसको अन्तिम संस्करणमा मात्र गर्न बाँकी थियो । त्यहीबेला उनले शहर छोडिन् ।

क्यालिफोर्निया हुर्किएकी उनी युद्धपछि पति जर्जसँग वासिङगटनमा बस्न थालिन् । त्यहाँ उनले पशुपालनको पारिवारिक व्यवसायमा सघाइन् । उनीहरूले दुई छोराछोरी हुर्काए । त्यसले गर्दा उनले पढाईलाई अगाडि बढाउन पाएकी थिइनन् । उनले शैक्षिक सुधारका क्षेत्रमा भने धेरै काम गरेको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!