इलाम । पश्चिमी इलामको फाकफोकथुममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका–६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुलबहादुर विकको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार घरबाट सोही गाउँको फुस्रे भन्ने बस्तीतिर जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।