संगालोखबर

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरको गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा गोदावरी स्कुलले गौतम बुद्ध स्कुललाई ३–१ गोलले हराउँदै गोदावरी क्वाटरफाइनलमा पुगेको हो ।

Advertisement

गोदावरीका एजन राईले तीन गोल गरे । सान्त्वना गोलका रुपमा गौतमबुद्ध स्कुलका प्रसिद्ध कुँवरले एक गोल गरेका थिए । गोदावरीका एजन राई प्लेयर अफ द म्याच घोषित भए ।

यसैगरी, दोस्रो खेलमा सेन्ट जोसेफ स्कुलले स्टार स्कुललाई ३–० गोलले पराजित गर्यो । सेन्टजोसेफका निशान्त सिलवाल र प्रवेश गुरुङले गोल गरे । दोस्रो खेलको प्लेयर अफ द म्याच सेन्ट जोसेफका निसाद सिटौला घोषित भए । शनिबार पहिलो खेल ग्यालेक्सी र एभरेस्टबीच हुनेछ भने दोस्रो खेल मोडर्न एरा र सनसाईन स्कुलबीच हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!