संगालोखबर

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको सुपर–८ मा पुग्ने सम्भावना सकिएको छ ।

Advertisement

दक्षिण अफ्रिकाले जितका लागि दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १४ रन बनायो । नेपालका आशिफ शेख सर्वाधिक ४२ रनमा आउट भए । अनिल शाह २७, कुशल भुर्तेल १३, दिपेन्द्रसिँह ऐरी ६, कुशल मल्ल १ र कप्तान रोहित पौडेल २ बलमा खाता नै नखोली आउट भए । सोमपाल कामी ८ रनमा अविजित रहे ।

अन्तिम बलमा रन आउट भएका गुलशन झाले ६ रन बनाए । दक्षिण अफ्रिकाका साम्सीले ४ विकेट तथा एन्ड्ररिच नटराज र एडन मारक्रमले एकरएक विकेट लिए । त्यसअघि वेस्ट इन्डिजको किङ्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ।

समूहका सबै ४ खेल जितेको दक्षिण अफ्रिका सुपर–८ मा पुगिसकेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!