संगालोखबर


विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । वेस्ट इन्डिजको किङ्सटाउनमा दक्षिण अफ्रिकाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनायो । रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ।

Advertisement

नेपालका कुशल भुर्तेलले चार र दीपेन्द्रसिँह ऐरीले तीन विकेट लिए । समूह ‘डी’ मा दक्षिण अफ्रिका ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका सुपर–८ मा पुगिसकेको छ ।

नेपाल २ खेलमा १ अङ्कसहित चौथो स्थानमा छ । सुपर–८ मा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!