संगालोखबर

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरका चारवटा स्कुल क्वाटरफाइनमा पुगेका छन् । सहिद मैदानमा बिहिवार भएको खेलमा एभरेष्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल क्वाटरफाइनलमा पुगेका हुन् ।

Advertisement

प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले ग्रिनल्याण्ड स्कुललाई ३–० गोलले हरायो । जितको लागि एभरेष्टका सक्षम श्रेष्ठ, समथक पाठक र रायन पोखरेलले गोल गरे । खेलको प्लेयर अफ द म्याच सक्षम श्रेष्ठ घोषित भए ।

दोस्रो खेलमा सनसाइन स्कुलले पूर्वाञ्चललाई २–० गोलले पराजति गर्यो । जितका लागि सनसाइनका आकाश पास्वानले दुई गोल गरे । उनी प्लेयर अफ द म्याच घोषित भए । तेस्रो खेलमा सगरमाथाले सिद्धार्थलाई ३–० गोलले निराश बनायो । जितका लागि सगरमाथाका समयूलाले ह्याट्रिक गरे । उनले एक्लै तीन गोल गर्दै खेलको प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै, चौथो खेलमा दिल्ली पब्लिक स्कुलले जेम्स स्कुललाई ३–० गोलले हरायो । जितका लागि दिल्ली पब्लिकका इमान खवासले ह्याट्रिक गर्दै तीन गोल गरे । उनी प्लेयर अफ द म्याच घोषित भए । शुक्रबारको पहिलो खेल गोदावरी र गौतम बुद्ध स्कुलबीच हुनेछ भने दोस्रो खेल स्टार र सेन्ट जोसेफ स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!