संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६, सुकेआहालमा सञ्चालित बंगुर विकास कार्यक्रमको सार्वजनिकीकरण गोष्ठी सम्पन्न भएको छ । जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटा र नमुना कृषि तथा पशुपालन समुह सुकेहालका कृषहरुसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो ।

Advertisement

चालु आर्थिक बर्षको बार्षिक स्वकृत कार्यक्रम अन्तर्रगत सहिदभूमि–६ मा बंगुर विकास कार्यक्रम सञ्चालन भएको हो । जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको २० लाख र कृषक समुहको ६ लाख ६७ हजार गरी २६ लाख ६७ हजार बराबरको कार्यक्रम सञ्चालन गरिएको हो ।

गोष्ठीमा बंगुरको खोर निमार्ण, होडिङ्ग बोर्ड निमार्ण, बंगुरको चारो खरिद तथा वितरण, उन्तत जातका बंगुरको पाठा खरिद, औषधि उपचार लगायतको सार्वजनिकीकरण गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!