रबिन कटेल

काठमाडौं । मेरुदण्डको शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर नेपाली न्यूरो सर्जरी समाजले दुई दिने सम्मेलन आयोजना गरेको हो ।

Advertisement

सम्मेलनमा नेपालसहित अमेरिका, जर्मनी, पोर्चुगल, टर्की, क्यानडा, चीन, रसिया, भारत लगायत देशका न्यूरो सर्जनहरु सहभागि थिए । सम्मेलनको पहिलो दिन केएमसीको दुवाकोट अस्पतालमा ‘क्याडेभरिक’ अभ्यास गराइएको छ । नयाँ चिकित्सकहरुलाई दुरविनको माध्यमबाट मेरुदण्डको शल्यक्रिया गर्ने सीप सिकाउँन शवमाथि नै अभ्यास गर्ने गरी प्रयोगात्मक प्रशिक्षण दिइएको हो ।

यस्तो प्रशिक्षण नेपालमै पहिलो पटक गरिएको केएमसीका बरिष्ठ न्यूरो सर्जन प्रा.डा.अमित थापा बताउँछन् । उनका अनुसार इण्डोस्कोपिक विधिबाट मेरुदण्डको अप्रेशन सम्बन्धि प्रशिक्षणमा अहिलेसम्म नेपालमा शवमा अभ्यास गराएर सिकाइएको थिएन । सहभागिहरुलाई केएमसीका बरिष्ठ न्यूरो सर्जन प्रा.डा.थापा र प्रा.डा.माल्कम पेस्टोनजीले सीप सिकाएका छन् ।

प्रयोगात्मक प्रशिक्षणपछि होटल हिमालयमा यो बिषयमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा १ सय १८ चिकित्सक सहभागि थिए । इन्टरनेटका माध्यमबाट पनि १ सय ७५ जना सहभागि भएको आयोजकले जनाएको छ । सम्मेलनका लागि विश्वविद्यालय अनुदान आयोगले पनि सहयोग गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement