संगालोखबर सम्वाददाता

धनकुटा, १७ साउन । धनकुटावाट प्रकाशित हुदै आएको अग्रदीप साप्ताहिकको प्रथम बार्षिकोत्सवको अवसर पारेर मंगलबार एक पत्रकारलाई पुरस्कृत र छ जना लेखकलाई सम्मानित गरिएको छ ।

अग्रदीपले स्थापना गरेको ‘अग्रदीप संरक्षक क्रियासिल पत्रकारिता पुरस्कार’ बाट नागरिक दैनिकका जिल्ला सम्वाददाता सिद्धराज राईलाई ५ हजार १ सय ५१ नगदसहित पुरस्कृत गरिएको हो ।

पत्रकार राईलाई पुरस्कार प्रदान गर्दै महासंघका केन्द्रिय सदस्य पोख्रेल । तस्वीर:संगालोखबर

कृषि, पर्यटन र सामाजिक विकासमा समाचार लेखे बापत पत्रकार राईलाई पुरस्कृत गरिएको अग्रदीप साप्ताहिकका कार्यकारी सम्पादक सन्तोष रुचालले जानकारी दिए ।

त्यस्तै नियमित लेख/रचना उपलब्ध गराउँने छ जना लेखकलाई पनि अग्रदीप पत्रिकाले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा प्राध्यापक डा. शम्भु खतिवडा, मानव अधिकारकर्मी विदुर सुवेदी, पत्रकार खगेन्द्र घिमिरे, अधिवक्ता गणेस दाहाल, सामाजिक अभियान्ताहरु ललित विश्वकर्मा र हुकुम दाहाल छन ।

अग्रदीपलाई सवैभन्दा बढी लेख उपलब्ध गराएको भन्दै प्रा.डा. खतिवडालाई पुरस्कृत गरिदै । तस्वीर:संगालोखबर

उनीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गणेस पोखरेल, अग्रदीप साप्ताहिकका सम्पादक÷प्रकाशक सोविस चेम्जोङ, संरक्षक चन्द्रलाल तामाङ लगायतले दोसल्ला ओढाएर सम्मान गरेका छन ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य पोखरेलले पत्रकारितामा श्रमको उचित मुल्य नपाउने समस्या कायमै रहेको भन्दै पत्रकार महासंघले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा पहल गरिरहेको बताए ।

पत्रकार महासंघको हलमा आयोजित अग्रदीप साप्ताहिकको बार्षिकोत्सव कार्यक्रम । तस्वीर:संगालोखबर

त्यस्तै पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, पुर्व केन्द्रिय उपाध्यक्ष सन्जयसन्तोषी राई, महासंघ धनकुटाका निवर्तमान अध्यक्ष खगेन्द्र घिमिरे, प्रा.डा. शम्भु खतिवडा, साझा सञ्चारका अध्यक्ष भेषराज कटेल, प्रेस युनियनका अध्यक्ष यानिन्द्र तिगेला, फोनिजका अध्यक्ष सन्तवीर लामालगायतले पत्रिकालाई बार्षिकोत्सवको शुभकामना दिदै पत्रकारितालाई ब्यवस्थित र मर्यादित बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन ।  

बार्षिकोत्सवका थप तस्वीरहरु हेर्नुहोस्…

तस्वीरहरु: रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!