संगालोखबर सम्वाददाता

मोरङ । मोरङ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशनहरु हुँन नसकिरहेको अवस्थामा बेलबारी नगरपालिका वडा नं.४ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । कांग्रेसका उदयवान नेता डा.सुनिल शर्माको वडासमेत रहेको वडा नं.४ मा कांग्रेसको सर्वसम्मत वडा नेतृत्व चयन भएको हो ।

Advertisement

वडामा भएको भेलाले इन्द्रकुमार राईको सभापतित्वमा २७ सदस्यीय वडा समिति सर्वसम्मत चयन गरेको छ । भेलाले उपसभापतिमा शेरबहादुर थापा र पूर्ण राई, सचिवमा मोहन पौडेल र नारायण मिश्र तथा सह–सचिवमा दुइनकुमार थापामगर र प्रदीप खवासलाई चयन गरेको छ । वडामा क्षेत्रीय प्रतिनिधि चयन पनि सर्वसम्मत नै गरिएको छ । क्षेत्रीय प्रतिनिधिको खुल्लातर्फ डम्बर बस्नेत, राजेन्द्र अधिकारी, रामहरी कोइराला, सम्भु भट्टराई र दिनेश सुवेदी चयन भएका छन् । आदिवासी जनजातीतर्फ चन्द्र लिम्बु, रामकाजी राई, जीवन राई तथा महिला प्रतिनिधिमा इन्दिरा कार्की, सरिता बस्नेत, सीता गुरुङ्ग लगायत चयन भएका छन् ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि अहिले देशभर वडा अधिवशन भइरहेको छ । तर, क्रियाशील सदस्यता विवादका कारण मोरङमा भने क्रियाशील सदस्यताको अन्तिम नामावली नै प्रकाशन भएको छैन । तरपनि, बेलबारी ४ मा भने विवाद भन्दा माथि उठेर जिल्लामै पहिलो पटक सर्वसम्मत नेतृत्व चयन गरिएको हो । विवादकैबीच नेता डा.शर्माको नेतृत्वदायी पहलका कारण सर्वसम्मत नेतृत्व चयनले सार्थकता पाएको कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।

कांग्रेस महासमिति सदस्यसमेत रहेका उदयवान नेता डा.शर्माले स्थानीयदेखि केन्द्रिय राजनीतिमा पनि प्रभाव पार्दै आएका छन् । निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल नोबेलका सञ्चालकसमेत रहेका डा.शर्मा सफल व्यवसायी मात्र नभएर राजनीतिक र सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!