
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले एमबीबीएस अन्तिम बर्षमा देशकै उत्कृष्ट नतिजा ल्याएको छ । चिकित्सा शिक्षामा अब्बल मानिदै आएको नोबेलले यस बर्ष एमबीबीएस चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउँन सफल भएको हो ।
एमबीबीएस अन्तिम बर्षको परीक्षामा सामेल भएका नोबेलको १० औं ब्याचका सबै विद्यार्थी उत्रीर्ण भएको नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नोबेलको १० औं ब्याचका ४८ जना विद्यार्थी एमबीबीएस अन्तिम बर्षको परीक्षामा सहभागि भएका थिए । सहभागि सबै विद्यार्थी उत्रीर्ण भएका छन्,’ डा.शर्माले भने,‘एमबीबीएसमा यस्तो सत प्रतिशत रिजल्ट आउँन निकै गाह्रो हो । यस पटक देशकै उत्कृष्ट नतिजा हाम्रो आएको छ ।’
सन् २०१५ मा नोबेलमा एमबीबीएस भर्ना भएका विद्यार्थीले सत प्रतिशत नतिजा ल्याएका हुन् । यता, काठमाडौं विश्वविद्यालयका परीक्षा नियन्त्रक पन्ना थापाले एमबीबीएसमा सरदर ६५ देखि ७५ प्रतिशत मात्र रिजल्ट आउँने गरेको भन्दै सत प्रतिशत रिजल्ट विरलै मात्र आउँने गरेको बताए ।
यसअघि गत माघ महिनामा प्रकाशित बिएस्सी नर्सिङ्ग चौथो बर्षको नतिजामा पनि नोबेलका सत प्रतिशत विद्यार्थी उत्रीर्ण भएका थिए । त्यसअघि नोबेलले बीडीएस प्रथम र दोस्रो बर्षमा पनि सत प्रतिशत नतिजा ल्याएको थियो । नोबेलको एमबीबीएस दोस्रो ब्याचका कमल आचार्य र तेस्रो ब्याचका ज्योती विद्यानले ‘केयू टप’ समेत गरेका थिए ।
चिकित्सा शिक्षाका लागि नेपालसहित छिमेकी मूलुकका विद्यार्थीको समेत रोजाइमा पर्ने गरेको नोबेलले उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।












