- संगालोखबर सम्वाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ मा शनिवार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ६ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् । कुमारी बैंकको २० औं बार्षिकोत्सवको अवसर पारेर पाँचपोखरी थाङ्पाल गाउँपालिका र काठमाडौं मेडिकल कलेजको सहकार्यमा शिविर आयोजना गरिएको हो ।

Advertisement

स्थानीय थाङ्पाल माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार ६ सय ४४ जना विरामीको निःशुल्क उपचार गरिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा २ सय ६४ जनाको भिडियो एक्सरे, २ सय ९ जनाको ल्याब टेष्ट र १ सय ९८ जनाको इसीजी गरिएको छ । त्यस्तै, ६४ जनाको दाँत फुकालिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!