काठमाडौं । काठमाडौं मेडिकल कलेजले काठमाडौं र ललितपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुवै शिविरमा गरी १ हजार ८ सय ८१ जनाको निःशुल्क उपचार गरिएको केएमसीले जनाएको छ ।
काठमाडौंको बानेश्वरमा सञ्चालित शिविरमा ९७४ जना र ललितपुरको वुङ्गमती स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा ८७७ जनाले निःशुल्क उपचार सेवा पाएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
वुङ्गमतीको शिविरमा २०१ जनाको ल्याब टेष्ट, १६३ जनाको इसीजी र १२२ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, बानेश्वरको शिविरमा १९८ जनाको ल्याब टेष्ट, १५५ जनाको भिडियो एक्सरे र १३० जनाको इसीजी गरिएको छ ।
केएमसीले पछिल्लो समय बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।