- रबिन कटेल/संगालोखबर

धनुकटा, १२ असार । धनकुटाको साँघुरीगढी गाउँपालिका र धनकुटा नगरपालिकामा अज्ञात समुहले बम बिस्फोट गराएको छ । साँघुरीगढी गाउँपालिका–६ स्थित कोलबोटेमा सोमबार राति करिव ८ बजे सिलिण्डर बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

धनकुटाको सल्लेरीमा बम बिष्फोट हुँदा जलेको स्थान । तस्वीर: रबिन कटेल/संगालोखबर

यता धनकुटा नगरपालिका–६ मा पनि आईतबार राति बम बिस्फोट गराईएको थियो । सल्लेरीको आँखा अस्पतालमा रहेको निर्वाचन केन्द्र नजिक आईतबार राति करिव १० बजे बम बिस्फोट गराईएको हो ।

Advertisement
घटनास्थलमा भेटिएको सिलिण्डर बमको खवटा । तस्वीर: रबिन कटेल/संगालोखबर

निर्वाचन केन्द्रबाट करिव २ सय मिटर उत्तर पश्चिममा बिस्फोट भएको थियो । घटनास्थलमा सिलिण्डरको खवटाहरु भेटिएकाले सिलिण्डर बम बिस्फोट गराईएको हुनसक्ने श्रीमेहर गणका गणपती बासुदेव धिमालले जानकारी दिए ।

घटनास्थलमा फेला परेका बस्तुहरु देखाउँदै प्रहरी । तस्वीर: रबिन कटेल/संगालोखबर

दुवै स्थानमा भएका विस्फोटबाट मानविय क्षति भने भएको छैन । बिस्फोटको ठुलो आवाज आएपछि सर्वसाधरणहरु त्रसित भएका छन । बिस्फोट गराउँनेको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटाको सल्लेरीमा भएको बिष्फोटको भिडियो हेर्नुहोस् ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍…


यो पनि पढ्नुहोस्…

धनकुटामा विस्फोटको ठुलो आवाजले सर्वसाधरण त्रसित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!