संगालोखबर संवाददाता

धनकुटा, १२ असार । धनकुटा सदरमुकाममा गएराति बिस्फोटको ठुलो आवाज सुनिएपछि सर्वसाधरण त्रसित भएका छन । धेरै स्थानमा सुनिनेगरी ठुलो बिस्फोटको आवाज आएपछि सर्वसाधरण त्रसित भएका हुन ।

Advertisement

गएराति करिव १० बजे धनकुटाको सल्लेरी बन आसपासको क्षेत्रमा यस्तो आवाज सुनिएको हो । रातिको समयमा बिस्फोटको ठुलो आवाज सुनिएपछि धनकुटा बजारका धेरै मानिसहरु आत्तिएर सडकमा निश्किएका थिए । बिस्फोटको आवाजले प्रहरीलाई पनि तनाब बनायो । प्रहरी प्रमुख सुदिप राजभण्डारी सहितको टोली विष्फोटको बिषयमा बुझ्न राति करिव १२ बजेसम्म बजारसहित आसपासको क्षेत्रमा घुमेको थियो ।

ठुलो बिष्फोटको आवाज सुनिएपछि आफुहरु त्रसित भएर बाहिर निश्किएको धनकुटा–७ का बासिन्दा एवं बजार ब्यवस्थापन समिति अध्यक्ष विप्लप श्रेष्ठले बताए । त्यस्तै बिस्फोटको आवाज सुनिएपछि सडकमा निश्किएका हुलाकटोलबासी सरोज भण्डारीले पनि आफुहरु त्रसित भएको प्रतिक्रिया दिए ।

धनकुटाको भीमनारायण चौक, तल्लोकोप्चे, माथ्लोकोप्चे, हुलाकटोल, डाँडागाउँ, जिरोपईन्टसहित बेलहारासम्म पनि बिस्फोटको आवाज सुनिएको सर्वसाधरणहरुले बताएका छन । अधिकांसले बम बिस्फोट भएको अनुमान गरेपनि त्यसको पुष्टि भने भएको छैन ।

प्रहरीले सो बिषयमा अझै पनि यथार्थ पत्ता लगाउँन सकेको छैन । कहाँ, कसले र के बिष्फोट भएको हो भन्ने पत्ता नलाग्दा प्रहरी प्रशासन पनि अन्यौलनमा छ । ‘बिष्फोटको आवाज सुनिएपछि धनकुटाका सवै स्थानमा खोजि गर्यौ । तर, केही पत्ता लागेन ।’ प्रहरी प्रमुख राजभण्डारी भन्छन ‘कँहीबाट क्षतिको कुरा नआएकाले ट्रकको टायर पड्किएको हुनसक्ने अनुमान गरेका छौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement