वि.सं.२०७६ साल असार १९ गते । बिहीबार । इस्वी सन् २०१९ जुलाई ०४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ । आषाढ शुक्ल पक्ष । तिथि द्वितीया,३९ घडी ५८ पला,बेलुकी ०९ बजेर १३ मिनेट उप्रान्त तृतीया । नक्षत्र पुनर्वसु,०३ घडी ४१ पला,बिहान ०६ बजेर ४२ मिनेट उप्रान्त तिष्य । योग व्याघात,१४ घडी ३१ पला,बिहान ११ बजेर ०२ मिनेट उप्रान्त हर्षण । करण वालव,बिहान १० बजेर १७ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा सिद्धि योग । चन्द्र राशि कर्कट । श्री जगन्नाथ रथयात्रा।काठमाडौँमा सूर्योदय ०५ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी २९ पला ।

Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममा आजको दिन टाढै रहनु नै बेस हुनेछ नजिकिँदा मनमुटाब हुनेछ । अरूकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो,रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा परिवार बाट अप्रिय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । विद्यार्थीहरूले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार भने फस्टाएर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफूभन्दा अग्रज सँग राय बजिने तथा मनमुटाब बढ्ने योग रहेको छ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) धार्मिक कार्य तथा परोपकारमा मन जानेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। खराब आचरण भएका व्याक्तिहरुले फसाउने तथा केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा काम बिग्रनेछ । धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागी भई काम गर्ने अवसर जुर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अरूकै काममा समय बित्ने हुँदा पढाई लेखाई प्रभावित हुनेछ । व्यापापार व्यवसाय खस्केर जाने हुनाले तत्कालका लागि कुनै योजना बनाएर लगानी गर्ने सोचमा हुनुहुन्छ । ऋण,रोग तथा शत्रुको सामना गर्नुपर्दा दैनिक कामहरू प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटाबको अवस्था सिर्जना हुनेछ भने पति पत्नीबिच अविश्वास पैदा हुन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरू तपाइकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरीरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विद्या तथा प्रतिस्पर्धामा सहकर्मीहरूलाई हराई नतिजा आफूतिर ल्याउन निकै नै मेहनत गर्नुपर्नेछ । आफन्त तथा सन्तानको साथ सहयोग नपाइने हुनाले कामहरू सुस्त गतिमा अगाडि बढ्नेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्दा समस्या आउनेछ भने जीवन साथी सँग सामान्य कुरामा पनि मनमुटाब बढ्नेछ । लेखन तथा साहित्यको क्षेत्रमा थालिएको काम अधुरै रहनेछ । पेट सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!