- ज्यो.पं. – हरिप्रसाद भण्डारी

यो साता पर्ने महत्वपुर्ण पर्व तथा दिनहरु :

Advertisement

जेठ १९ गते– अग्निवास (होमादी कायर्) जुरेको दिन छ ।
जेठ २० गते – सोमबारे औंसी, शनी जयन्ती, वट सावित्री व्रत रहेको छ ।
जेठ २१ गते – गोसाईकुण्डमा स्नान र दशहरा स्नान आरम्भ, निर्दाेश बालबालीका माथी अत्याचार विरुद्धको दिवस।
जेठ २२ गते – विश्ववातावरण दिवस, इद उल फितर, रुद्रि पुजा (शिववास), अग्निवास होमादी कार्य जुरेको दिन छ ।
जेठ २३ गते – शुभ विवाह मुर्हूत।
जेठ २४ गते – शुभ विवाह मुहूर्त र अग्निवास होमादी कार्य जुरेको दिन छ
जेठ २५ गते – नेवारी समुदायमा सिथिनख, कुमारषष्ठी, भक्तपुरमा चण्डीभगवती यात्रा र रुद्रि पुजा (शिववास) जुरेको दिन छ।

यो साता ग्रह गोचरको अवस्था :

चन्द्रमाले यो साता १९, २० र २१ गते मध्यान्न १२ बजेर ५३ मिनेट सम्म वृष राशि, त्यसपछि २३ गते सम्म मिथुन राशि, २४ र २५ गते कर्कट राशिको भ्रमण गर्नेछन। अन्य ग्रहहरु शुक्र र सुर्य वृष राशिमा। बुध, राहु र मंगल मिथुन राशिमा, बृहस्पती वृश्चिक राशिमा र शनी र केतु धनु राशिमा हुनेछन । ग्रहहरुको यो अवस्थाले प्रत्येक राशिमा के असर पर्छ भनेर विष्लेषण गरि यो साप्ताहिक राशिफल तयार गरिएको छ ।

ज्यो.पं. – हरिप्रसाद भण्डारी

साप्ताहिक राशिफल :

मेष राशि – मेष राशिका लागि यो साता शुभ रहेको छ । तपाईका लागि यो साता चन्द्रमाको गोचर द्धितीय, तृतीय र चतुर्थ भावमा हुनेछ । साताको शुरुवातमा नै धन स्थानमा चन्द्रमाको प्रभाव रहने हुनाले प्रशस्त धन आर्जन हुनेछ । तपाईको सञ्चार सिप थप मजबुत हुनेछ । यो साता मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रमा मा सरिक हुने अवसर जुट्नेछ । तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । अप्ठ्यारो अवस्थामा परिवार को साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । आफुले सोचे जस्तो अंक हाँसील गर्न सक्नु हुनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन । शुक्रबार र शनिबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्य लाई जल चढाउनु शुभ हुनेछ ।

वृष राशि – वृष राशिका लागि यो साता चन्द्रमा को गोचर प्रथम, द्धितीय र तृतीय स्थानमा हुनेछ । साता को शुरुमा नै चन्द्रमाको प्रभाव शिरमा पर्ने हुनाले यो साता तपाईका लागि उत्तम रहने देखिन्छ । यो साता आत्म बिश्वास एवं आत्म सम्मान उच्च रहने छ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । आफ्ना नातेदार सँग रमाइलो भेटघाट, कुराकानी हुने, मिष्ठान्न भोजन प्राप्ती हुनेछ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

मिथुन राशि – मिथुन राशिका लागि यो साता चन्द्रमाको गोचर द्धादश, प्रथम र द्धितीय स्थानमा हुनेछ । तपाईका लागि यो साता को शुरुवातका दिन व्यय स्थानमा चन्द्रमा को गोचर रहने हुनाले व्यापार व्यावसाय बाट सोचे जस्तो उपलब्धि नहुने देखिन्छ । अनावश्यक खर्चको मात्रा बढ्ने एवं विना कामका यात्राहरु हुने अवस्था आउनेछ । मंगलबार मध्यान्ह देखि भने अवस्थामा सुधार आउनेछ । बौद्धिक एवं सिर्जनात्मक क्षमता सबल रहनेछ । समस्या लाई रचनात्मक तरिका बाट समाधानका लागि उपाय निकाल्न सक्नुहुनेछ । आफ्ना दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय सफल रहनेछ । आम्दानी बढनेछ । आफ्ना बालबच्चाको विषयलाई लिएर केहि चिन्ता बढ्न सक्नेछ । परिवार मा मेल मिलाप हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि सकारात्मक समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।

कर्कट राशि – कर्कट राशिका लागि यो साता चन्द्रमाको गोचर एकादश, द्धादश र प्रथम स्थानमा हुनेछ । साताको शुरुमा चन्द्रमा को गोचर लाभ भावमा रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । नोकरी एवं व्यापार व्यावसायमा सकारात्मक समय रहनेछ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक एवं राजनितीक क्षेत्रमा सक्रियता बढ्नेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुनेछ । नोकरी एवं व्यापार व्यावसायमा सफलता मिल्ने देखिन्छ । तर साताको मध्यतिरका दिनहरु बुधबार र बिहिबार भने तुलनात्मक रुपमा कमजोर रहेका छन । यि दिनहरुमा अनावश्यक खर्च एवं चिन्ता बढ्न सक्नेछ । अन्य दिनहरु भने समग्रमा शुभ रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान विष्णुको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

सिंह राशि – सिंह राशिका लागि यो साता चन्द्रमाको गोचर दशम, एकादश र द्धादश भावमा हुनेछ । समग्रमा हेर्दा सिंह राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा दशम भावमा चन्द्रमाको गोचर रहने हुनाले पेशागत सवाल बाट हेर्दा यो साता अव्बल रहनेछ । यो साता विशेष गरि व्यापार व्यावसाय बाट आर्थीक अवस्था सबल रहने छ । जग्गा जमिन, गरगहना एवं सवारी साधन जोड्न सकिने योग छ । समाजमा ईज्जत र प्रतिष्ठा बढ्नेछ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । जसले मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जिवनमा सामान्य समस्या हरु देखिन सक्नेछन । जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस उतारचढावहरु आउन सक्नेछन । आफ्नो पढाईमा सचेत हुनु आवश्यक छ। तुलनात्मक रुपमा शुक्रबार र शनिबार भने कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि आफ्ना कुल पित्रीहको आराधना गर्नु उत्तम हुनेछ ।

कन्या राशि – कन्या राशिका लागि यो साता चन्द्रमाको गोचर नवम, दशम र एकादश भावमा हुनेछ । कन्या राशिका लागि साता शुभ रहनेछ । साताको शुरुमा चन्द्रमाको गोचर नवम भावमा रहने हुनाले भाग्यले साथ दिनेछ । धार्मीक एवं सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार व्यावसायमा सफलता मिमल्नेछ । बिशेष गरि होटल तथा पर्यटन सम्बन्धि व्यापार व्यावसाय बाट बढि मुनाफा आर्जन हुने देखिन्छ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । आफ्ना बालबच्चा सहित पारिवारिक भ्रमण मा गएर रमाइलो वातावरण कायम हुन सक्नेछ । विद्यार्थीको पढाई मन जानेछ । तपाईको परिश्रम अनुसार नै अंक प्राप्त हुने योग छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान सुर्य लाई जल चढाउनु एवं सुर्यको पुजा आराधना गर्नु उत्तम हुनेछ।

तुला राशि – तुला राशिका लागि यो साता चन्द्रमाको गोचर अष्टम, नवम र दशम भावमा हुनेछ । साताको शुरुमा अष्टम भाव मा चन्द्रमाको प्रभाव रहने हुनाले स्वास्थ्यमा समस्या हुने एवं कार्यमा शत्रु बाधा पुग्न सक्नेछ । आर्थीक अवस्था मिश्रित रहनेछ । व्यापार व्यवासाय मा उतारचढावहरु देखिन सक्नेछन । यो साता गरगहना, डिजायन तथा डेकोरेशन सँग सम्बन्धित बस्तु तथा सेवाको कारोबार बाट बढि लाभ हुने देखिन्छ । मंगलबार देखि भने दिनहरु शुभ रहनेछन । आफ्नो जिवन साथीको साथ र सहयोग ले आत्मविश्वास भने कायम नै रहनेछ । छोटा एवं रमाईला यात्राहरु ले गर्दा मन प्रफुल्ल रहनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहने छ । पढाई कमजोर हुन सक्ने देखिन्छ त्यसकारण विद्यार्थी ले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । यो साता ग्रहको शुभ प्रभावका लागि गरिब दुखिलाई हरियो कपडा दान गर्नु शुभ हुनेछ ।

बृश्चिक राशि – बृश्चिक राशिका लागि यो साता चन्द्रमाको गोचर सप्तम, अष्टम र नवम भावमा हुनेछ । समग्रमा बृश्चिक राशिका लागि यो साता शुभ रहेको छ । मुखमा बृहस्पतिको प्रभावले गर्दा तपाईको बोलीमा विश्वसनीयता बढ्नेछ। आर्थीक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोग ले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसाय मा सकारात्मक अवस्था रहनेछ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यावसाय बाट बढि सफलता मिल्नेछ । साताको मध्यभाग तिर दिनह बुधबार र विहिबार केहि उतार चढाव आउन सक्नेछन । विषेशगरि कार्यमा ढिला सुस्ती हुने एवं विरोधिहरु बलवान देखिन सक्नेछन । अन्य दिनहरु भने शुभ रहेका छन । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने मनमुटावहरु छिटै समाधान हुनेछन । बिद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । अध्ययनमा मन लाग्ने र पढेको कुरा याद हुने समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

धनु राशि – धनु राशिका लागि यो साता चन्द्रमाको गोचर षष्टम, सप्तम र अष्टम भावमा हुनेछ । समग्रमा धनु राशिका लागि यो साता शुभ रहेको छ । बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमता समेत बढ्नेछ। आर्थीक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यावसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन बचत हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । आफ्नो प्रेमी सँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । शुक्रबार र शनिबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

मकर राशि – मकर राशिका लागि यो साता चन्द्रमाको गोचर पञ्चम, षष्टम र सप्तम भावमा हुनेछ । मकर राशिका लागि यो साता उत्तम रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले सन्तान बाट सुख प्राप्त हुनेछ । प्रशस्त धन आर्जन हुने एवं बचत पनि हुने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । बिशेष गरि अन्न तथा फर्नीचर सम्बन्धि कारोबार बाट उचित लाभ मिल्नेछ । पारिवारिक जिवन सुखद रहने छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धिलाई चुनौती दिन सक्नुहुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

कुम्भ राशि – कुम्भ राशिका लागि यो साता चन्द्रमाको गोचर चतुर्थ, पञ्चम र षष्टम भावमा हुनेछ । चतुर्थ भावमा चन्द्रमाको गोचर रहने हुनाले आईतबार र सोमबार घरायसी समस्या देखिने एवं चिन्ता बढ्न सक्ने छ । तर मंगलबार देखि भने दिनहरु शुभ रहनेछन । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय मा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ ।नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम सम्बन्ध सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । बिद्यार्थीको पढाईमा विभिन्न बाधा एवं समस्याहरु देखिन सक्नेछन । चुनौतिहरु लाई पार लगाउँदै पढाईमा मन लगाउनु जरुरी छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

मिन राशि – मिन राशिका लागि यो साता चन्द्रमाको गोचर तृतीय, चतुर्थ र पञ्चम भावमा हुनेछ । समग्रमा मिन राशिका लागि यो साता मिश्रित रहेको छ। साताको शुरुमा तृतीय भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुने हुनाले तपाईको साहस तथा पराक्रम उच्च रहनेछ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । आफ्ना दाजु भाईको साथ र सहयोग बाट व्यापार व्यावसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो सुखदुखमा प्रेमीको साथ र सहयोग प्राप्त हुनेछ । मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन । माता पिताको स्वासथ्यमा समस्या देखिन सक्नेछ । झन्झट हरु आईलाग्न सक्नेछन । यि दिनहरुमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!