- उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) -नेपाली पात्रो 

वि.सं. २०७६ साल वैशाख ३१ गते। मंगलबार। इश्वी सन् २०१९ मे १४ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– दशमी, ११:५७ बजेउप्रान्त एकादशी।

Advertisement

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। दिउँसोदेखि विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। प्रतिस्पर्धीलाई पछि पार्दै लाभ उठाउन सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। दिगो योजनाका साथ अघि बढ्दा राम्रै लाभ मिल्नेछ।

 

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। मध्याह्नदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। आत्मविश्वासको कमीले काममा पछि परिनेछ। सञ्चित रकम खर्च हुने डरले सताउन सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले रोकिएका काम पुन: प्रारम्भ हुनेछन्। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो काम शुभारम्भ हुनेछ। गरिएका कर्मको उचित फल पाइनेछ।

 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विभिन्न अवसरले पछ्याए पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मुख्य भूमिका निर्वाह गर्दागर्दै पनि अरूको छायामा परिएला। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले लाभ उठाउन सकिनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ।

 

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ। अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला। प्रयत्न गर्दा लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ भने मिहिनेतले आत्मविश्वास बढ्नेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। पारिवारिक जमघटले मनमा आनन्द प्राप्त हुनेछ।

 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काम बीचदेखि रोकिन सक्छ।

 

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। तर उपलब्धि प्राप्त गर्न लगानी गर्नुपर्ने हुन सक्छ। अरूको भरपर्दा उद्देश्य पूरा नहुन सक्छ।

 

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी वहन गर्दै आफ्नो क्षेत्रको नेतृत्व लिने बेला छ। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी पनि प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्ला। परिस्थितिले चुनौती निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

 

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मतले काम लिँदा फाइदा पनि हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!