एजेन्सी ।  विश्वको दोस्रो मुलुकमा जानका लागि सबैभन्दा पहिला पासपोर्ट हुनु जरुरी हुन्छ । त्यसपछि भिसाको प्रक्रिया पूरा गरी आफूले चाहेको स्थानमा जान सकिन्छ । तर विश्वका केही यस्ता पनि मुलुक छन् जहाँ पासपोर्ट भएपनि एयरपोर्ट पनि छैन ।

Advertisement

विश्वमा केही यस्ता पनि मुलुक छन्, जुन मुलुक पर्यटनको लागि चर्चित त छन् तर ती मुलुकमा जानको लागि अर्कै बाटोको प्रयोग गर्नुपर्ने हुन्छ । विश्वका १ सय ९६ मुलुकमध्ये केही यस्ता मुलुकहरु पनि छन, जहाँ एयरपोर्ट नै छैन । सान मारिनो इटालीको सीमानाले घेरिएको सानो मुलुक हो ।

यो युरोपको सबैभन्दा पुरानो गणराज्य मानिन्छ । यो मुलुकमा कुनै एयरपोर्ट छैन । त्यस्तै, भ्याटिकन सिटी इटालीको शहर रोम नजिकै रहेको भ्याटिकन सिटी विश्वको सबैभन्दा सानो मुलुक हो । तर, यो मुलुकमा पनि एयरपोर्ट छैन । लिक्टनस्टिनयो विश्वको छैठौं सानो मुलुक हो ।

यहाँको प्राकृतिक सौन्दर्यको दर्शन गर्न चाहने मानिसले नजिकैको ज्युरिकमा रहेको विमानस्थलको प्रयोग गनुैपर्ने हुन्छ । यस्तै, फ्रान्सको मोनाकोमा मोनाको फ्रान्स र इटालीको बीचमा रहेको मोनाको विश्वको दोस्रो सबैभन्दा सानो मुलुक हो । करोडपतिहरुको बसोबास रहेको यो मुलुकमा एयरपोर्ट भने छैन । यस्तै, अन्य देश पनि छन् जहाँ एयरपोर्ट नभएपनि विश्वसामु निकै चर्चित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!