- रबिन कटेल/संगालोखबर

धनकुटा। धनकुटाको उत्तरपानीमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन । हिलेबाट छिन्ताङ्ग जाँदै गरेको को.१ ज.२०७७ नम्बरको पिकअप धनकुटा नगरपालिका १० स्थित उत्तरपानीमा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी धनकुटा नगरपालिका–९ मार्गाका ७० बर्षीय तुलाराम बरालको घटनास्थलमै मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार ११ जना घाईतेलाई उपचारका लागि पठाईएको छ । गाडीमा सवार सवै यात्रु घाईते भएका हुन । घाईते मध्य चार जनाको अवस्था गंभीर छ ।

खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिका ४ का ६७ बर्षीया अरुमाया राई र सोही स्थानका ८५ बर्षीय देउध्वज राईको अवस्था गंभीर छ । गंभीर घाईते दुई महिलाको भने पहिचान खुल्न वाँकी छ । घाईतेहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

उत्तरपानी स्थित शिक्षालय छेउमा पिकअप पल्टिएको हो । पिकअप सडकबाट करिव ४० मिटर तल खसेको छ । घटना पश्चात जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारी नेतृत्वको प्रहरी टोली पनि घटनास्थल पुगेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात चालक फरार छन ।

दुर्घटनाका तस्वीरहरु हेर्नुहोस् …

सम्बन्धित यो समाचार पनि हेर्नुहोस् …..

धनकुटाको उत्तरपानीमा पिकअप पल्टिदा एकको मृत्यु, ११ घाइते (घाईतेको नामावली र अवस्थासहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!