- रबिन कटेल/संगालोखबर

धनकुटा। धनकुटाको उत्तरपानीमा आज साँझ पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन । हिलेबाट छिन्ताङ्ग तर्फ जाँदै गरेको को.१ ज.२०७७ नम्बरको पिकअप धनकुटा नगरपालिका १० स्थित उत्तरपानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी धनकुटा नगरपालिका–९ मार्गाका ७० बर्षीय तुलाराम बरालको घटनास्थलमै मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

Advertisement

ट्राफिक प्रहरी प्रमुख खड्काका अनुसार ११ जना घाईतेलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ । गाडीमा सवार सवै यात्रु घाईते भएका हुन ।

उत्तरपानी स्थित शिक्षालय छेउमा पिकअप पल्टिएको हो । पिकअप सडकबाट करिव ४० मिटर तल खसेको छ । जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारी नेतृत्वको प्रहरी टोली पनि घटनास्थल पुगेको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा अस्पताल ल्याउँने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

घाईतेको विवरण हेर्नुहोस् …

  • जि. धनकुटा साबिक खोकु ९ हाल खाल्सा छिन्ताङ्ग सहिद भुमी ४ बस्ने बर्ष ६७ को अरुमाया राई टाउकोमा चोट – अवस्था गम्भिर बोल्न नसक्ने ।
  • ऐ.ऐ. बस्ने बर्ष २० की सुजता राई हातमा चोट – अवस्था सामान्य ।
  • ऐ.ऐ. ५ बस्ने बर्ष ८५ को देउध्वज राई छातीमा चोट – अवस्था गम्भिर ।
  • ऐ.ऐ. ६ बस्ने बर्ष ६० की लक्ष्मी राई टाउकोमा चोट – अवस्था सामान्य ।
  • ऐ.ऐ. ५ बस्ने बर्ष २१ की निर्मला राई टाउकोमा चोट – अवस्था सामान्य ।
  • ऐ.ऐ. ५ बस्ने बर्ष ५८ को हरि प्रसाद राई शरिरमा चोट – अवस्था सामान्य ।
  • ऐ.ऐ. बस्ने बर्ष ५६ को डम्बर बहादुर राई शरिरमा चोट – अवस्था सामान्य ।
  • ऐ.ऐ. ४ बस्ने बर्ष २९ को प्रेम बहादुर राई कम्मरमा चोट – अवस्था सामान्य ।
  • ऐ.ऐ. बस्ने बर्ष ३१ को बिश्व राई खुट्टामा चोट – अवस्था सामान्य ।
  • नामथर वतन नखुलेको अं. २२ की महिला अवस्था गम्भिर ।
  • नामथर वतन नखुलेको अं. ४५ की महिला अवस्था गम्भिर ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!