काठमाडौं । मंगलबार अपरान्ह ५ मिनेटको फरकमा दुईपटक भूकम्पको पराकम्प गएको छ । दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प गएको हो ।
भूकम्पमापन केन्द्रका अनुसार ४ः१५ बजे दोलखा केन्द्रबिन्दू र ४ः२० मा सिन्धाुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्पको पराकम्प गएको हो ।
दोलखामा ४.४ रेक्टर स्केल र सिन्धुपाल्चोकमा ४.१ रेक्टर स्केलको पराकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ ।
यसअघि फागुन ४ गते काठमाडौं केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।