बनियानी, १४ फागुन । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले श्रीमती हत्या गरेको आरोपमा आज एकलाई पक्राउ गरेको छ ।

Advertisement

घरायसी विवादका क्रममा कोदालोको पासो र बाँसले हानेर श्रीमतीको हत्या गरेको आरोपमा मेचीनगर–१५ का ३५ वर्षीय लखिन्द्र राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार खगिन्द्रले आज बिहान करीब ६ः३० बजे आफ्नी श्रीमती ३४ वर्षीया चम्पली राजवंशीलाई कोदालोको पासो र बाँसले हानेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव परीक्षणको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको जिप्रकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!