एजेन्सी  । भारतको राजस्थानमा एउटा यस्तै निकै अनौठो परम्परा रहेको छ । राजस्थानको एउटा समुदायमा यस्तो परम्परा छ, जहाँ बिहे नहुने पुरुषमाथि जोडतोडसँग कुटपिट गरिन्छ ।

Advertisement

राजस्थानको जोधपुर सहरमा उक्त परम्परा वर्षौंदेखि चलिरहेको छ । जसअनुसार जब कुनै युवकको बिहेमा कुनै प्रकारको बाधा उत्पन्न हुन्छ वा बिहे हुन सक्दैन, तब त्यस्तो युवकलाई उसका घर परिवारले रामधुलाई गर्दछन् ।

आफ्नो बिहे नभएर चिन्तामा परेको युवकमाथि आफ्नै घर परिवारले आखिर किन राम धुलाई गर्दा हुन् ? यसको कारण निकै रोचक छ ।

अझ रोचक त के भने अविवाहित युवकलाई कुटपिट गर्नेचाहिँ घरका विवाहित महिलाहरु नै हुन्छन् ।

यसरी घरका भाउजू, आमा तथा अन्य विवाहित महिलाहरुले कुटपिट गर्नाले त्यो अविवाहित युवकको अर्को साल बिहे हुन्छ भन्ने मान्यता छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!