काठमाडौं । कहिलै कल्पना गर्नुभएको छ । यदि सुर्य अस्ताएन भने के हुन्छ भनेर ? लाग्न सक्छ, प्रकृतिको चक्रमा यस्तो कहिल्यै हुँदैन । तर, विश्वमा यस्ता पनि केही देश छन् , जहाँ सूर्य महिनौंसम्म अस्ताउँदैनन् ।

Advertisement

विश्वका केही देशमा यस्तै अकल्पनीय प्रकृतिलाई नै चुनौती दिने गरी सूर्य कहिल्यै अस्ताउँदैनन् । नर्वेमा मे महिना देखि जुलाई सम्म सूर्य अस्ताउँदैन । सो समयको सुन्दरता हेर्नको लागि विश्वभरका मानिसहरु नर्वे पुग्ने गर्दछन् । यस्तै, स्वीडेनमा आधा रात सम्म पनि सूर्यको उज्यालो रहि रहन्छ । स्वीडेनमा मे महिनको सुरुवात देखि अगस्टसम्म मध्य रातसम्म सूर्य अस्ताउँदैन ।

त्यतिमात्र नभई आइसल्याण्डमा पनि रात सम्म प्राकृतिक प्रकाशको मजा लिन सकिन्छ । क्यानडाको पनि केही जिल्लामा ५० दिनसम्म सूर्य अस्ताउँदननन् । अझ फिनल्याण्डमा त ७६ घण्टासम्म पनि सूर्यको उज्यालो देख्न सकिन्छ । उच्च उचाई र मौसमी भिन्नताले गर्दा यि मुलुकमा सूर्यको प्रकाश लामो अवघिसम्म हुने गर्दछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!